Featured

भयभित तथा त्रसित नभइ मर्यादित ढङ्गले परीक्षामा सहभागी हुन शिक्षामन्त्रीको आग्रह

Tue Mar 17

काठमाडौं, चैत्र ४ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पर्सि चैत ६ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसईई पूर्वनिर्धारित समय तालिका अनुसार नै सञ्चालन हुने बताउनुभएको छ ।

परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको र कतिपय विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेको अवस्थामा परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको जनाउँदै मन्त्री पोखरेलले पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने गराउने प्रबन्ध मिलाइएको बताउनुभएको छ ।

परीक्षामा समावेश हुने विद्यार्थी एवम् अन्य सबैले मन्त्रालयले जारी गरेका निर्देशनहरु पालना गर्दै एवम् व्यक्तिगत रुपमा समेत सचेत रही भयभित तथा त्रसित नभइकन मर्यादित ढङ्गले परीक्षामा सहभागी हुन मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्