World

भाइरस सङ्क्रमण नियन्त्रणको थप उपाय खोज्दै चीन

Tue Feb 4

काठमाडौं, माघ २१: चीनको उच्च नेतृत्व तहले त्यहाँ फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको प्रयासमा केहि कमजोरी भएको भन्दै थप प्रभावकारी उपाय अवलम्वन गर्न सम्वन्धित निकायलाई आदेश दिएको छ । भाइरस संक्रमणको विषयलाई लिएर बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटव्युरो स्थायी समितिको बैठकले राष्ट्रिय आपतकालिन व्यवस्थापन प्रणालीलाई थप मजबुद बनाउनुपर्ने निष्कर्ष निकालेको हो । राष्ट्रपति सि चिन फिङले अध्यक्षता गर्नुभएको बैठकले भाइरसको संक्रमणशुरु भएको मानिएका वन्यजन्तुको कारोवार हुने सबै बजार पूर्णरुपमा बन्द गर्ने निर्णय पनि गरेको छ । संक्रमण चिनियाँ सरकारको दक्षताको ठूलो परीक्षा भएको निष्कर्ष निकाल्दै बैठकले यो परिस्थितिबाट पाठ सिक्दै जतिसक्दो छिटो नियन्त्रणको उपायमा जुट्न भनेको छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरुले कोरोना भाइरसको प्राथमिक स्रोत चमेरा हुन सक्ने बताएका छन् । चीनमा अत्यधिक खपत हुने जंगली जनावर र तीनको मासुका परिकारहरुको उपभोगबाटै जनावरबाट मानिसमा कोरोना भाइरस सरेको अनुसन्धानकर्ताहरुले बताएका छन् । हालसम्म चीनमा १७ हजारलाई सङ्क्रमणभएको पुष्टि भइसकेको छ जसमध्ये ३६१ जनाको मृत्यु भएको छ । चीन बाहिर २० मुलुकमा १५० जनामा भाइरसको सङ्क्रमण फेला परेको छ । सङ्क्रमणबाट फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । चीनले सङ्क्रमणको केन्द्रविन्दू उहान शहरमा दुई वटा नयाँ विशेष अस्पतालनै निर्माण गरी थप स्वास्थ्यकर्मी समेत परिचालन गरेको छ ।हालसम्मकै ठूलो जोखिम बनेको भाइरसको सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि चिनीयाँ शेयर बजारमा पनि त्यसको असर देखिन शुरु भएको छ । एक हप्ता लामो नयाँ बर्षको विदा पछि हिजो खुलेको संघाई शेयर बजारमा चार बर्ष यताकै धेरै आठ प्रतिशतले गिरावट आएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्