News , World

भाजपाले नै जित्ने एक्जिट पोलको नतिजा

Mon May 20

काठमाडौं, बैशाख ६ :भारतमा हिजो सम्पन्न आम निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धन विजयी हुने अनुमान गरिएको छ । मतदान सकिए लगत्तै सार्वजनिक भएका मतपरिणामको सर्वेक्षण एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको दल भजपाको नेतृत्वमा रहेको गठबन्धन एन डि ए ले बहुमत ल्याउने देखाएका छन् । देशव्यापी रूपमा गरिएका चारवटा सर्वेक्षणहरुले गठबन्धनले २८० देखि ३१५ सिटमा जित हासिल गर्ने देखाएका छन् । यद्यपी विश्लेषकहरुले यस अघिका चुनावी सर्वेक्षणहरुको नतिजा गलत प्रमाणित भएको प्रति सचेत रहन भनेका छन् ।  भारत संसदको तल्लो सदन लोकसभाको ५४२ सिटका लागि डेढ महिना सम्म चलेको मतदान हिजो सकिएको छ । २७२ सिट जित्ने दलले सरकार बनाउन सक्छ । सन् २०१४ मा भएको आमनिर्वाचन पछि सत्ताको नेतृत्वमा पुग्नु भएका प्रधानमन्त्री मोदीका लागि यो निर्वाचन जनमत संग्रह जस्तै भएको प्रतिक्रिया आइरहेका बेला सर्वेक्षणहरुले भाजपालाई विपक्षी दल कंग्रेस आइ भन्दा निकै बलियो देखाएका छन् । सात चरणमा भएको विश्वकै सबैभन्दा लामो निर्वाचनको आधिकारिक नतिजा भने बिहीबार सार्वजनिक हुदैछ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्