News , World

भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको आज अन्त्यष्टी गरिने

Fri Aug 17

भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको नयाँ दिल्ली स्थित यमुना नदीको तीरमा आज अन्त्यष्टी गरिने भएको छ । उपचारका क्रममा हिजो निधन भएका वाजपेयीको आज अपरान्ह ४ बजे यमुनाको तीरमा रहेको स्मृती स्थलमा अन्त्यष्टी गरिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हिजो निधन भएका बाजपेयीको पार्थीव शरीरलाइ उहाकै निवासमा राखिएको छ जहाँ पार्टीका नेता कार्यकर्ता र सर्वसाधारणले उँहाप्रती अन्तिम श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

आजै केहीबेर उहाँको पार्थीव शरीरलाइ भारतीय जनता पार्टीको कार्यालयमा राखि त्यँहीबाट शवयात्रा निकालिने तयारी भएको डीडीआइ न्युजले जनाएको छ । उहाँको निधनमा भारत सरकारले ७ दिन राष्ट्रिय शोक मनाउने भएको छ । नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहनुभएका ९३ वर्षीय पूर्व प्रधानमन्त्री बाजपेयीको हिजो निधन भएको थियो ।

भारतीय जनता पार्टीका संस्थापक नेता बाजपेयी तीन पटक सम्म प्रधानमन्त्री रहनु भएको थियो । सन् १९९९ मा भएको चुनावमा तत्कालिन राष्ट्रिय जनतान्त्रिक गठबन्धनको साझा उम्मेदवारका रुपमा निर्वाचित भएपछी उहाँ पाँच बर्षको पुरै कार्यकाल चलाउने पहिलो गैर कांग्रेस भारतीय प्रधानमन्त्री बन्नुभएको थियो ।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्