Others

संघीय संसदको हिउँदे अधिवेशन सम्पन्न

Wed Mar 20

काठमाडौ, चैत्र १० :  संघीय संसदको हिउँदे अधिवेशन आइतवारदेखि सकिएको छ । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको  बैठकमा सभामुख कृष्णबहादुर महराले हिउँदे अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो । हिउँदे अधिवेशन समापन बैठकलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधि नियन्त्रण गर्दै विकास निर्माणका अभियानलाई तीब्रगतिमा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताउनु भएको छ । संघिय संसद अन्तरगत प्रतिनिधिसभाको तेस्रो अधिवेशनको अन्तिम बैठकलाई संबोधन गर्दै उहाँले सरकारसँगका असहमति वार्ता र संवादबाट समाधान गर्न सरकार तत्पर रहेको बताउनुभयो । उहाँले जनताका अधिकार सुनिश्चित गर्ने गहन अभिभारा पूरा गर्न सरकार अविचलित भएर अगाडि बढेको बताउनुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदिय दलका उपनेता विजयकुमार गच्छदारले सरकार सदैव सदनप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले सार्वभौम संसद्लाई अपमान गर्न नपाइने र सत्तापक्ष सधैँ जिम्मेवार हुनुपर्ने धारणा समेत व्यक्त गर्नुभयो । सिके राउत समूहलाइ राजनीतिको मुलधारमा ल्याएपनि हतियार बोकेर हिडेको समूहलाइ सरकारले विच्काउन खोजेको उहाँको भनाइ छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्