Others

भारतबाट फर्केका सय बढी नेपाली भारतको पानीट्याङ्कीमा अलपत्र

Tue Mar 24

झापा, चैत्र ११ः भारतबाट फर्केका सयभन्दा बढी नेपाली सीमावर्ती पानीट्याङ्की नाकामा अड्किएका छन् ।

मङ्गलबार बिहानै पानीट्याङ्की आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले काँकडभिट्टा नाका बन्द रहेको र भारतको पानीट्याङ्की बजारमा सयको सङ्ख्यामा नेपालीहरु रोकिएको भारतीय प्रहरीले जानकारी गराएको बताउनुभयो ।

नाकाबाट कसैलाई पनि प्रवेश गराउन आदेश नभएको प्रनाउ पोखरेलले बताउनुभयो । हिजो सोमबार काँकडभिट्टामा यसैगरी भारतबाट आइपुगेका ७३१ जनालाई नेपाल प्रवेशको अनुमति दिइएको थियो ।

नेपालबाट भारत जान सीमामा जम्मा भएका २ हजार २३६ जना भारतीय नागरिकलाई समेत सोमबार जान अनुमति दिइएको थियो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्