Business

भारतबाट १७३ मालबाहक गाडी भित्रिए

Tue Apr 7

काठमाडौं, चैत्र २५ः भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएको छ । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट ती मालबाहक गाडी भित्रिएको हो ।

एकीकृत भन्सार जाँचचौकी भएर १६४ वटा मालबाहक गाडी र पर्सा जिल्लाको इनरुवा नाकाबाट तरकारी र फलफूल बोकेका नौवटा गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै पर्साको एकीकृत भन्सार चौकीबाट भारततर्फ १०७ वटा र इनरुवा नाकाबाट आठवटा खाली मालबाहक गाडी गएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्