World

भारतमा आँधीको डरले कैयौँ गाउँ खाली गराइयो

Wed Jun 3

काठमाडौं, जेठ २१ः भारतमा फेरि आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको छ । भारतको मुम्बई र सो आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ ।

सो आँधी महाराष्ट्रको तटीय क्षेत्रमा आइपुगेको पनि बताइएको छ । सो आँधी दक्षिणपूर्वी अरब सागरमा विकास भएको भनिएको बताइएको छ । भारतको मौसम विभागले आँधी एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको र केही समयमा मुम्बई र गुजरातको धेरैजसो इलाकामा पुग्ने चेतावनी पनि दिएको छ ।

विशेषगरी महाराष्ट्र प्रदेशमा आँधीको बढी प्रभाव रहने बताइएको छ । आँधी प्रभावित क्षेत्रमा अहिले सडक तथा रेल यातायात बन्द गरिएको छ । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराएर त्यहाँका हजारौँ मानिसलाई अन्यत्रै सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुम्बइ र गुजरातमा हावाहुरी सहित मुसल्धारे पानी पर्ने चेतावनी यहाँका मौसमविद्हरुले दिएका छन् । उनीहरुको अनुमानका कारण सम्भावित प्रभावित क्षेत्र खाली गराउनुको साथै अन्य सतर्कता अपनाइएको बताइएको छ ।

यहाँका स्थानीय अधिकारीहरुले ठूलो संख्यामा उद्धारकर्मी तथा सुरक्षाकर्मीहरु खटाइएको बताएका छन् । प्राप्त समाचारमा आज बेलुका आठ बजेसम्म आँधीसहितको वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । स्थानीय प्रशासनहरुले आज राति आठ बजेसम्म र त्यसपछि पनि आज रातिसम्म सम्भावित क्षेत्रका मानिसहरुलाई सचेत रहन भनेका छन् ।- (रासस)

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्