World

भारतमा टिकटक सहित चीनियाँ एप बन्द; अब के होला?

Tue Jun 30

काठमाडौं, असार १६ः भारत सरकारले देशका लागि खतरा भएको भन्दै टिकटक, वि च्याट सहित ५९ वटा चीनिया एपहरु माथि प्रतिबन्ध लगाएको छ ।

एपले भारतको सार्वभौमसत्ता र अखण्डता, राज्यको सुरक्षा एवं सार्वजनिक व्यवस्थामा खलल पुर्‍याएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरिएको भारतको सूचना प्रविधि मन्त्रालयद्वारा जारी गरिएकोवक्तव्यमा भनिएको छ ।

प्रतिबन्धित एपहरु भारतमा निकै चर्चित र प्रयोगमा आउने एपहरु हुन् । भारतमा आपसमा सन्देश प्रवाहका लागि वि च्याट निकै लोकप्रिय रहेको थियो । भारतको सूचना प्रविधि मन्त्रालयले चीनिया एपहरुका माध्यमबाट ती एप प्रयोगकर्ताको सूचना अवैधानिक तरिकाले चोरी भइरहेको जानकारी विभिन्न स्रोतबाट आएको जनाउँदै प्रतिबन्ध गर्ने निर्णय गरिएको छ ।

भारत टिक टकको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजार हो । भारतमा मात्रै १२ करोडभन्दा बढी टिकटकका प्रयोगकर्ता रहेको अनुमान छ । भारतमा प्रतिबन्धित एपहरुको सूचीमा माइक्रोब्लगिङ प्लेटफर्म वेबिओ, क्लास अफ किङ गेम, अलिबाबाको युसी ब्राउजर लगायत रहेका छन् ।

एपहरु माथिको प्रतिबन्धले दुई ठूला शक्ति राष्ट्रहरु बीच बढ्दो सीमा विवाद थप तनावपूर्ण हुने आँकलन गरिएको छ । केही साता अघि भारत र चीन बीचको सीमा क्षेत्रलद्दाखमाभएको भिडन्तमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । भारत र चीन दुबै देशले विवादित सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिकहरु तैनाथ गरेका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्