News

भारतसँग सीमा जोडिएका रुपन्देहीका सबै पालिकाहरुमा आवागमन पूर्णरूपमा बन्द

Thu May 14

रुपन्देही, जेठ १ः भारतसँग सीमा जोडिएका रुपन्देहीका सातवटा पालिकाहरूमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ ।

सीमावर्ती स्थानिय तहमा कोरोना संक्रमित थपिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आवागमन पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरूको संयुक्त बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा पाँच दिनसम्म आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

जेठ ५ गते राति १२ बजेसम्म लागू हुने गरि सिद्धार्थनगर र लुम्बिनी साँस्कृतिक नगरपालिकासँगै सम्मरीमाई, मर्चवारी, कोटहीमाई, मायादेवी र रोहिणी गाउँपालिकामा आवागमन बन्द गरिएको जिल्ला प्रसाशन कार्यालय रुपन्देहीले जनाएको छ ।

हुलाकी राजमार्गदेखि दक्षिण तर्फका यी पालिकामा जेठ ५ गते रातिसम्म घरबाट बाहिर आवतजावत गर्न पाईने छैन । जिल्लाका सबै पालिकाहरूमा एक हजार क्षमताका क्वारेन्टाइन बनाउने निर्णय पनि बैठकले गरेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्