News

भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गर्ने तयारी

Tue Mar 17

काठमाडौं, चैत्र ४ः भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सुकुम्बासीको समस्या समाधान गर्न थालिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको बैठकमा समय माग गरेर उहाँले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या तथा भूमिसम्बन्धी अन्य विविध समस्या सधैँका लागि निराकरण गर्नेगरी अधिकारसम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गर्ने तयारी भइरहेको बताउनुभयो ।

मन्त्री अर्यालले सरकार अब सङ्कल्पसहित सार्वजनिक सम्पत्तिको संरक्षणमा लागेको र यसमा सबैको सहयोग आवश्यकता रहेको बताउनुभयो । मन्त्रालयबाट अध्ययन गरेर सीधै मालपोत कार्यालयमार्फत पनि अतिक्रमण भएका जग्गाको दर्ता बदर गर्ने गरिएको उहाँले बताउनुभयो ।

बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही चैत ६ गते बस्ने कार्यक्रम छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्