News

भैरहवा भन्सार कार्यालय आंशिक रुपमा सञ्चालन

Thu Mar 26

काठमाडौं, चैत्र १३ः नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय आंशिक रुपमा सञ्चालन भएको छ । बुधबार साँझ ६ बजेसम्म भैरहवा भन्सार कार्यालयबाट ८५ मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

एलपी ग्यास बुलेट १५ , पेट्रोलियम पदार्थ बोकेका ट्रक चार, खाद्यान्न तथा कच्चा पदार्थ बोकेका ट्रक २१ र तरकारी, फलफूल बोकेका ट्रक ४५ वटा नेपाल आएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिनुभयो ।

लकडाउनभन्दा पहिला भने दैनिक चार सयदेखि ६ सय ट्रक भारतबाट नेपाल आउने गरेका थिए । लकडाउन भएपछि नेपाल आउन डराएका भारतीय चालकको सुरक्षा नेपाली पक्षले गर्ने प्रत्याभूत गरेपछि हिजोदेखि भारतीय ट्रक नेपाल आउन थालेका हुन् ।

नेपाल आएका भारतीय ट्रकलाई पनि भारतमा सहजरुपमा पठाउन दुई देशको सहमति भएको छ । सामान बोकेर नेपाल आएका ११४ ट्रक खाली गरी भारततिर पठाइएको शसस्त्र प्रहरी बल राजस्व भंसार गुल्म भैरहवाका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमण देखिए पछि मानिसहरु आवतजावतमा रोक लगाइएको नेपाल भारत सीमामा मालवाहक ट्रक भने सहजरुपमा आउन जान पाउने सहमति भएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्