News , World

भ्रष्टाचारी ठहर भएपछि पूर्व राष्ट्रपतिद्वारा आत्मसमर्पण

Fri May 10

काठमाडौं, बैशाख २७ :अदालतले भ्रष्टाचार गरेको फैसला गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति मिसेल टेमरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । टेमरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेको लगायत ६ वटा गम्भीर अभियोग अदालतमा दर्ता भएको थियो । यही अभियोगमा उनी गत मार्चमा पक्राउ परेका थिए । पक्राउपछि जारी बन्दी प्रत्यक्षीकरण रिटबाट उनी हिरासत मुक्त भएका थिए । तर बुधबार पुनः उनीमाथि लागेको अभियोगको फैसला गर्दै अदालतले जेल चलान गर्ने आदेश दिएको छ । तर टेमरले आफूमाथि लागेका अभियोगहरू अस्वीकार गरेका छन । आफूमाथि अन्याय भएकाले न्यायका लागि माथिल्लो अदालत जाने टेमरको भनाइ छ । ब्राजिलको राष्ट्रपतिका रुपमा उनको कार्यकाल गत वर्ष मात्रै सकिएको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्