Sports

मनाङ मर्स्याङ्दी क्लवको अपराजित यात्रामा पूर्ण विराम

Tue Feb 4

काठमाडौं, माघ २१: शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साविकको विजेता मनाङ मर्स्याङ्दी क्लवको अपराजित यात्रामा पूर्ण विराम लगाउदै च्यासल क्लवले जित दर्ता गराएको छ । लिग अन्तर्गत हिजो भएको दशौं चरणको दोस्रो दिनको खेल हालसम्म अपराजित रहदै आएको मनाङलाई च्यासलले पराजित गरेको हो । यो पराजय संगै शीर्ष स्थानमा उक्लने र जारी लिग उपाधि पनि जित्ने मनाङको लक्ष्यमा ठूलो धक्का लागेको छ । हारेपनि १९ अंक सहित तेस्रो स्थानमा यथावत रहेको मनाङलाई अब बाँकी खेलजित्दै मच्छिन्द्र र त्रिभुवन आर्मीलाई पछाडी पारेर उपाधि जित्न सहज भने छैन् । च्यासलले भने आफ्नो सर्वाधिक गोलकर्ता सन्तोष साहुखल र ताइगा नाकामुराको गोलमा २-० ले जित दर्ता गर्दै १२ अंक बनाएको छ । हिजै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई १-० गोल अन्तरले पराजित गर्यो । जितसंगै जावलाखेल१५ अंक सहित सातौं स्थानमा उक्लिएको छ ।ब्रिगेड व्याइज भने ११ स्थानमा छ । दशौं चरणको अन्तिम दिन आज न्यूरोड टीम एन आरटी र फ्रण्ड्स क्लवबीच एउटा मात्रै खेलहुने कार्यक्रम छ । १५ अंक सहित सातौं स्थानमा रहेको एन आरटीले आजको खेल जितेमा चौथो स्थानमा उक्लने छ । उत्कृष्ट १० भित्रै रहेको फ्रेण्ड्स भने आज जित नाकाल्दै आठौं स्थानमा उक्लने लक्ष्यमा छ ।।

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्