Others

महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर भव्य रूपमा मनाउन तयारी

Sat Feb 8

काठमाडौँ, माघ २५ः यस वर्षको महाशिवरात्रिलाई नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ ।

महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । समितिले हिजो पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रबर्द्धनका लागि प्रचारप्रसार गर्न विश्वका विभिन्न देशमा रहेका हिन्दू धर्मसँग सम्बन्धित संस्थालाई पत्राचार गर्न लागिएको जानकारी दिनुभयो । कोषका सदस्य सचिव डा. प्रदीप ढकालले यसवर्ष पनि महाशिवरात्रिमा पशुपति प्रवेशका लागि पासको व्यवस्था नगरिएको जानकारी दिनुभयो । महाशिवरात्रिमा पशुपति आउने साधुसन्तको खानपानको व्यवस्थाका लागि गुठी संस्थान र अन्नपूर्ण भण्डारलाई जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । महाशिवरात्रिका दिन फागुन ९ गते रुद्रगाडेश्वरमा कोषका तर्फबाट विशेष पूजा आराधना गरिनेछ । महाशिवरात्रिलाई नै ध्यान दिएर भोलिदेखि पशुपतिमा नमस्कार अभियान चलाइने छ । महाशिवरात्रिलाई भव्य रुपमा मनाउन पशुपति क्षेत्रमा स्वीकृति नलिई निर्माण गरिएका घर टहरा हटाउने अभियान पनि माघ पहिलो सातादेखि नै कोषले शुरु गरेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्