News

काँग्रेसलाई देश टुक्र्याउने कुनैपनि निर्णय अमान्य- देउवा

Sun Mar 10

काठमाडौ, फागुन २८ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग देश टुक्रयाउने गरि कुनै सम्झौता गरेको भए त्यो नेपाली काँग्रेसलाई मान्य नहुने बताउनु भएको छ । पोखरामा नेपाल प्रेस यूनियन कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति देउवाले विभिन्न नाममा देशको संघियतालाई नै धरापमा पार्ने प्रयत्न भइरहेको बताउनुभयो । उहाँले चिकित्सा शिक्षा विधेयकको नाममा बिद्यार्थिहरुको पढ्न पाउने अधिकार समेत कटौती गर्न खोजिएको आरोप पनि लगाउनुभयो ।  यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट नपाउने विज्ञप्तिमा उल्लेख छ । प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा सहमतिप्रति दुवै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकाले आशङ्का उत्पन्न भएको जनाइएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्