Business , News

माथिल्लो भोटेकोशी आयोजनाको परिक्षण प्रसारण शुरु

Sun Dec 8

काठमाडौं, मंसिर २२:पटक पटकको प्राकृतिक प्रकोपबाट झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको परीक्षण प्रसारण गरिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पिङकट्टी झिर्पुमा विद्युत्गृह रहेको आयोजनाबाट परीक्षण प्रसारण गरिए पनि आगामी १५ दिनपछि व्यापारिक उत्पादन गरिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिनुभयो । हाल दुवै युनिट सञ्चालनमा ल्याइए पनि नदीमा पानीको बहाव कम भएका कारण दैनिक २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको प्रमुख कार्यकारी अधिकृत स्थापितले बताउनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्