Politics

मेलम्चीबारे स्वेतपत्र जारी

Fri Feb 14

काठमाडौं, फागुन २: सरकारले आउँदो असारसम्ममा मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल ल्याउने घोषणा गरेको छ ।

सरकारले हिजो स्वेतपत्र जारी गर्दै आर्थिक वर्ष ०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गरेको हो । त्यस्तै सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजनाको काम पनि असारभित्रै सक्ने स्वेत पत्रमा उल्लेख छ ।

असार मसान्तभित्र दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने सरकारको योजना छ । आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड रुपैया खर्च भइसकेको सरकारले जनाएको छ ।

सरकारले मेलम्ची आयोजनाको बाँकी काम एक वर्षभित्र गरिसक्न गत असोजमा चीनको सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । त्यस्तै सीएमसीले कामदार र सब कन्ट्राकटरलाई दिन बाँकी रकमको विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनेको समितिले जनाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्