Province

मोरङका ६ वटा सिमा नाका बाहेक सबै सिमा बन्द गर्ने निर्णय

Sun Mar 22

मोरङ, चैत्र ०९ः कोरोना भाइरसको संक्रमणबाट जोगाउन प्रदेश नम्बर १ सरकारले ६ वटा सिमानाका बाहेक सबै सिमा बन्द गर्ने निर्णय गरेको छ ।

आइतवार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मुख्यमन्त्री शेरधन र्राईको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले भद्रपुर, रानी, काकडभिट्ठा, गौरीगंज, पशुपतिनगर र भण्टाबारी बाहेक सबै नाका बन्द गर्ने निर्णय गरिएको छ ।

ती नाकाहरुबाट नेपाली नागरिकलाई पूर्ण रुपमा स्वास्थ्य चेकजाँच गरी तथ्यांक राखेर प्रदेश सरकारले स्थापना गरेको क्वारेण्टाइनमा लैजाने र विदेशीहरुलाई प्रवेशमा रोक्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्