Business , News

मौसममा क्रमिक सुधार हुँदै

Sun Jan 5

काठमाडौं, पुष २०:विगत तीन दिनदेखि पश्चिमी भू-भाग हुँदै प्रवेश गरेको मौसमी प्रणाली बिस्तारै कमजोर हुदै गएको छ । बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको सो प्रणाली हिजोदेखि उत्तरपूर्वी भूभाग हुँदै बाहिरिन थालेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । हाल देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भु-भागहरुमा आंशिक बदली रहेपनि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ । आज र भोलि देशको पूर्वी भू-भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने मौसमविदहरुले बताएका छन ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्