News , World

म्यानमारको सेनाले विद्रोही लडाकूहरु रहेको भनिएको रखाइन प्रान्तमा गरेको सैनिक कारवाहीमा १३ जनाको मृत्‍यु

Sat Jan 19

म्यानमारको सेनाले विद्रोही लडाकूहरु रहेको भनिएको रखाइन प्रान्तमा गरेको सैनिक कारवाहीमा १३ जना मारिएका छन् । विद्रोहीहरुले केही दिन अघि एक प्रहरी कार्यालयमा गरेको आक्रमणको जवाफी कारबाहीमा उनीहरु मारिएको सैन्य अधिकारीहरुले बताएका छन् । गत जनवरी ४ तारिखमा विद्रोहीहरुको आक्रमणमा परी १३ जना सुरक्षाकर्मी मारिएका थिए भने ९ जना घाइते भएका थिए । रखाइन प्रान्तमा पछिल्ला केही हप्ता यता रखाइन बौद्धहरुको छुट्टै राज्य हुनु पर्ने माग सहित फेरी हिंसात्मक घटनाहरु सुरु भएका छन् । रखाइन त्यही प्रान्त हो जहाँ अल्पसंख्यक मुस्लीम रोहिंन्ज्या समुदाय माथि व्यापक दमन भएको थियो । दमन सहन नसकी गत डेढ बर्षको अवधिमा सात लाख बढी रोहिंन्ज्याहरु शरणार्थीका रुपमा बङ्लादेशमा विस्थापित भएका छन् । हिंसात्मक घटना बढ्दै गएपछि त्यस क्षेत्रबाट थप मानिसहरु विस्थापित भएका छन् ।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्