Business

याङ्ग्री–लार्के आयोजना सञ्चालन गर्न सम्झौता

Thu Feb 13

काठमाडौं, फागुन १: मेलम्ची खानेपानी विकास समिति र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच याङ्ग्री–लार्के आयोजना सञ्चालन गर्ने बारेमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र गाउँपालिकाका अध्यक्ष टासी लामाबीच स्थानीय समुदायका हितमा राखी आयोजना सञ्चालन गर्नेबारेमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा आयोजना प्रभावित क्षेत्र परिभाषित गर्नुपर्ने, आयोजना प्रभावित क्षेत्रबाट मेलम्ची विकास बोर्डमा प्रतिनिधित्व गराउनुपर्ने, गाउँपालिकाभित्र गरिने विकास निर्माणकार्य एकद्वार प्रणालीबाट गर्नुपर्ने उल्लेख छ । समितिका कार्यकारी निर्देशक खत्रीले आयोजना अघि बढाउन स्थानीय तहसँग समन्वय गर्नलाई समझदारीपत्रमा हस्ताक्षर गरिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष लामाले आयोजना सञ्चालन गर्नुपूर्व स्थानीय सरकारको मागलाई सम्बोधन गर्नका लागि समितिसँग सहमति गरिएको बताउनुभयो ।

सो आयोजनाअन्तर्गत याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट १७ करोड लिटर गरी कूल ३४ करोड लिटर पानी दैनिक काठमाडौ ल्याइनेछ । मेलम्ची आयोजनापछि सरकारले सो आयोजना सञ्चालन गर्ने तयारी गरेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्