Others

ब्रेक्जिटमा अन्यौल

Tue Mar 12

काठमाडौ, फागुन ३०: बेलायती संसदले युरोपेली संघ संग सम्झौता नगरी बहिर्गमन नगर्ने निर्णय पारित गरेको छ । ब्रेक्जिट सम्वन्धमा निर्णय लिन गए राती ढिलो गरी भएको मतदानमा इयु संग सम्झौता नगरी बहिर्गमनको निर्णय लिन नहुने पक्षमा बहुमत परेको हो । यो निर्णयसंगै तत्कालका लागि ब्रेक्जिट कार्यान्वयन नहुने भएको छ। इयु संग कुनै सम्झौता नगरी बाहिरने वा सम्झौताका लागि केही समय थप गरी अघी बढ्ने भन्ने प्रस्ताव माथि भएको मतदानमा ३२१ जना सांसदहरुले पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा २७८ मत परेको छ । प्रधानमन्त्री थेरेजा मे ले परिमार्जन सहित प्रस्तुत गर्नुभएको पछिल्लो प्रस्ताव पारित भएसंगै अब बेलायती संसदमा आज अर्को मतदान हुदै छ जसमा सांसदहरुले यही २९ मार्चमा हुने भनिएको बहिर्गमनलाई ३ महिना पर ३० जुन सम्मका लागि सार्नका लागि निर्णय गर्नेछन् । यदी यो प्रस्ताव बेलायती संसदले पारित गरेमा र त्यसलाई युरोपेली आयोगले समर्थन गरेमा त्यस पछी भने ब्रेक्जिट औपचारिक रुपमा सम्पन्न हुनेछ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्