News , World

युरोपेली संघबाट बेलायतको बहिर्गमन थप अन्यौल

Thu Mar 28

काठमाडौ, चैत्र १४ :   युरोपेली संघबाट बहिर्गमन सम्वन्धमा साझा सहमतिका लागि बेलायतको संसदमा गए राती अबेर सम्म भएका चरणबध्द मतदानहरु सबै विफल भएका छन् । लामो प्रयास र प्रयत्न पछि तय गरिएका आठ वटा विकल्पहरुलाई लिएर संसदमा चरणबद्ध मतदानहरु भए पनि त्यसबाट कुनै निष्कर्ष निस्कन नसकेको हो । प्रधानमन्त्री थेरेजा मे ले प्रस्ताव गर्नुभएको बहिर्गमन प्रस्ताव संगै पुनः जनमत संग्रहमा जाने, एकिकृत भन्सार व्यवस्था कायम गर्ने, इयु संग कुनै सम्झौता विनै बहिर्गमनमा जाने लगायत आठ वटा विकल्प माथी सांसदहरुले मतदान गरेका थिए । तर प्रस्तावित कुनै पनि विकल्पले बहुमत प्राप्त गर्न सकेन । प्रधानमन्त्री मे ले आफ्नो ब्रेक्जिट प्रस्ताव पारित भएमा पदबाट राजिनामा दिने बताउनुभएको भएपनि संसदले उहाँको प्रस्ताव पनि पारित गरेन । यसले अब बेलायतको बहिर्गमन कहिले र कसरी हुने भन्ने अन्यौल झन बढाएको छ । पुर्व निर्धारित योजना अनुसार बेलायतले ब्रेक्जिट कार्यान्वयन गर्दै भोलीबाट औपचारिक रुपमा इयुको सदस्यता त्याग्नु पर्ने हो । तर त्यस सम्वन्धमा बेलायतमै कुरा नमिलेपछी युरोपेली आयोगले बेलायतको वहिर्गमनका लागि ३ महिना थप गरिदिएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्