Business

रकम झिक्न बैंकमा सर्वसाधारणको घुइँचो

Sun Mar 22

काठमाडौं, चैत्र ०९ः कोभिड-१९ को सङ्क्रमणबाट जोगिन सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढी भीड जम्मा नगर्न निर्देशन दिएपनि भक्तपुरका सबै बैंकमा आज सर्वसाधारणको अत्यधिक भीड लागेको छ ।

राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायक शाखामा आज बिहान ९ बजेदेखि सर्वसाधारणको भीड लागेको थियो । एघार बजेसम्म कार्यालयभित्रको लाइन बढेर बाहिर सूर्यविनायकको सडकसम्म पुगेको थियो ।

दशैँमा पनि यति भीड नहुने यो बैंकमा कोरोना भाइरसका कारण बैंक बन्द हुने हल्लाले पैसा झिक्न एकैपटक आउनाका कारण बैंकमा भीड बढेको बैंकका एक कर्मचारीले जानकारी दिनुभयो ।

सूर्यविनायककै प्रभु बैंकमा ११ बजेदेखि पैसा झिक्न आउनेको लाइन बढेको थियो । लाइन पाण्डुबजार अगाडिसम्म पुगेको थियो । बैंकका सुरक्षा गार्डले भित्र २५ जनाभन्दा बढी नपठाएका कारण लाइन धेरै बढेको बताउनुभयो । भक्तपुरका नेपाल बैंक, एनआइसी एशिया, सानिमा, माछापुच्छ्रे, मेघालगायत बैंकमा रकम झिक्नेको भीड लागेको थियो ।

कोरोना भाइरसका कारण सरकारले उपत्यकालाई लक डाउन गर्न सक्ने र बैंकहरु बन्द हुन सक्ने भएकाले घरमै पैसाको जोहो गरेर राख्नका लागि रकम झिक्न जानेहरु एकैपटक आएकाले बैंकमा भीड भएको बैंकका कर्मचारीको भनाइ छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्