Business

रसुवागढी नाकाः आयात निर्यात प्रभावित

Fri Mar 27

काठमाडौं, चैत्र १४ः सरकारले तोकेका अत्यावश्यक सामान बाहेकका समाग्रीहरु रसुवा भन्सार कार्यालय रसुवागढीबाट तत्काल नल्याईने भएको छ । गृह र अर्थ मन्त्रालयले दिएको निर्देशन पालना गरि सुरक्षित रुपमा आयात निर्यातको काम गरिने भन्सार प्रमुख पुण्यबिक्रम खड्काले बताउनुभयो ।

बिपतका समयमा चीन सरकारबाट प्राप्त स्वास्थ्य समाग्री तथा अन्य सँघसँस्थाले कोरोना भाइरस कोभिड १९ बिरुध्द प्रयोग गरिने समाग्रीहरु ल्याउने उहाँले बताउनु भयो ।

चीनीया पक्षले केरुङदेखि रसुवागढी सम्म आउने कन्टेनर चालक तथा समाग्रीको पूर्ण रुपमा स्वास्थ्य परिक्षण गराएर नेपाल पठाउने ब्यवस्था गरिसकेको र रसुवागढी नाकालाई आवस्यक पर्ने स्वास्थ्य समाग्री समेत पठाउने तयारीमा चीन रहेको छ ।

रसुवागढी नाका खोल्ने निर्णय सार्बजनिक भए पछि रसुवाबासिमा सम्भावित जोखिमको डर बढेको छ । तर स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी काम गरिने भएकाले त्रसित नहुन स्थानीयमा रसुवा भन्सार कार्यालयले अनुरोध गरेको छ । हाल अत्याबस्यक सामान मात्र ल्याईने र भिडभाढ नहुने पनि उसले स्पष्ट पारेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्