News , Politics

राजनीतिक सहभागिताको नयाँ अध्याय सुरु -प्रम

Wed Jan 29

काठमाडौं, माघ १५:प्रतिनिधि सभाका नव निर्वाचित सभामुख अग्नीप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभाको पहिलो बैठक मंगलबार बस्यो। बैठकमा संसदमा सहभागी  बिभिन्न दलका नेतालाई उहांलाई शुभकामना ब्यक्त गर्दै सफल कार्यकालको कामना गर्नु भयो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुखको निर्वाचन सर्व सम्मतिले हुनु स्वागत योग्य कुरा भएको बताउनु भएको छ ।
नयाँ सभामुखको निर्वाचन भएपछि हिउँदे अधिवेशनमा आफ्नो संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक सहभागिताको नयाँ अध्याय सुरु भएको पनि उल्लेख गर्नुभयो । उहाँले संसद्लाई नियमसम्मत ढङ्गले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालले विश्वको तिव्र विकासको गति हेरेर विकास र समृद्धिका कामलाइ तिब्रता दिने वेला आएको भन्दै प्रधानमन्त्रीले सहमतिका साथ एकतावद्द् भएर अगाडी बढ्नु पर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले सात प्रधानमन्त्रीको अवधि पार गर्दै संसदबाट अनुमोदनको प्रतिक्षामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी छिटो पारित गर्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले केही दिनभित्रै सरकारको भावि योजना र प्राथमिकताका विषयमा सदनमा विस्तृत जानकारी गराउने समेत उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिएर अगाडी बढ्न आग्रह गर्नु भयो । देउवाले संयुक्त राज्य अमेरिकाको सहयोग ‘मिलेनियम च्यालेन्ज करपोरेशन’ (एमसिसी) विभिन्न चरण पार गर्दै आएकाले तत्काल संसद्बाट अनुमोदन गर्नुपर्ने बताउनु भयो ।राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले सांसदहरुले संसदमा उठाएका विषयलाई गम्भीर रुपमा लिएर समाधान गर्न र प्रभावकारी सभामुखको भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।

समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराइले प्रतिनिधि सभा लोकतन्त्रको महत्पूर्ण अंग भएकाले जनताको लागि आवश्यक नीति निर्माण कार्यलाइ प्रभावकारी ढंगले अगाडी बढाउनु पर्न धारणा प्रकट गर्नु भयो। त्यसैगरी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र मजदुर कीसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभालाइ जनताप्रति जवाफदेही बनाउने तर्फ ध्यान दिन आग्रह गर्नु भयो ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको चयन पनि बैठकले गरेको छ । जसअनुसार उमाशंकर गरगरीया, चन्द्र कान्त चौधरी, राधा कुमारी ज्ञवfली, डा डिला संग्रौला, मान बहादुर विश्वकर्मा र सोम प्रसाद पाण्डे चयन हुनुभएको छ । प्रतिनिधि सभाको अगामी बैठक १७ गते शुक्रवार ११ वजे विहान बस्ने छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्