Business , News

राजश्व चुहावटमा उच्च जोखिमको क्षेत्र पहिचान गरिने

Sun May 12

काठमाडौं, बैशाख २९ : नक्कली गतिविधि गरेर अर्बौंको राजश्व चुहावट भइरहेकाले सरकारले राजश्व चुहावटको उच्च जोखिम क्षेत्र पहिचान गर्न लागेको छ । पूर्वसचिव केशव भट्टराईको संयोजकत्वमा गठित कार्यदल अहिले जोखिम क्षेत्र पहिचानमा जुटेको हो । सबैभन्दा बढी कर छली हुने क्षेत्र र त्यसलाई रोक्न अपनाउनुपर्ने नीतिगत व्यवस्था सहितको प्रतिवेदन असार मसान्तभित्रैमा सरकारलाई बुझाउने तयारी भएको संयोजक भट्टराईले बताउनुभयो । जोखिम पहिचान गर्दै चुहावट नियन्त्रणका लागि नीति, प्रक्रिया, कानून कार्यान्वयनमा गर्नुपर्ने सुधारका विषय कार्यदलले हेर्ने उहाँको भनाइ छ । मुलुकको समृद्धिको मुख्य बाधक राजश्व चुहावटका घटना बढी उपभोग हुने क्षेत्रमा देखिएका छन् । सार्वजनिक क्षेत्रको निर्माण, व्यापार र सेवा क्षेत्रमा यस्ता गतिविधि पाइएकाले राजश्व अनुसन्धान विभागले आर्थिक अनुशासनको कारवाही तीव्र पारिरहेका बेला जोखिम क्षेत्र पहिचान हुँदा थप सहज हुने विश्वास गरिएको छ । पछिल्ला दुई महीनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका ५०० व्यापारिक प्रतिष्ठान राजश्व अनुसन्धान विभागको निगरानीमा छन् । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार अर्कैको नागरिकता प्रयोग गरी कम्पनी खडा गरेर कीर्ते गर्नेदेखि वैदेशिक रोजगारीमा कर छली गर्ने, हुण्डीमार्फत् अवैधरुपमा अन्तरदेशीय कारोवार गर्ने, विदेशी मुद्रा अपचलन गर्ने जस्ता अर्थतन्त्रलाई उन्नत हुन नदिने सङ्गठित अपराध भइरहेका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्