Others

राष्ट्रपतिबाट ईन्द्रजात्रा पर्वको अवलोकन ।

Fri Sep 13

काठमाडौं,भाद्र२७: राष्ट्रपति विध्यादेवि भण्डारी आज काठमाडौंको बसन्तपुर जानु भई ईन्द्रजात्रा पर्वको अवलोकन गर्नु भयो। उहांले त्यसअवसरमा आयोजित कुमारी रथयात्राकोपनि अवलोकन गर्नु भएको थियो। इन्द्रजात्राका दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइने गरिन्छ। इन्द्रजात्रा पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर लगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि विधिपूर्वक लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा पर्व रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको थियो । इन्द्रजात्राका दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्