Featured

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन

Fri Feb 14

काठमाडौं, फागुन ०२: राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट थलिनुभएका उहाँको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिनुभयो । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बन्नुभएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो । लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहनुभएका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् । उहाँको लुम्बिनीमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रदेशसभा सदस्य खानले बताउनुभयो ।।

 

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्