News , Politics

राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन फोटो सहितको परिचय पत्र

Tue Jan 21

काठमाडौं, माघ ०७: निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था मिलाएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा त्यस्तो परिचयपत्रबाट पनि मतदान गर्नसक्ने व्यवस्था आयोगले मिलाएको हो । प्रदेशसभा सदस्य वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुखको प्रमाणको यकिन गर्न निर्वाचित भएको प्रमाणपत्र र यसअघिका निर्वाचनमा प्रयोग भएको मतदाता परिचयपत्र लिएर मतदानमा जान आयोगले सुचित गरेको छ । यस निर्वाचनबाट ५९ सदस्यीय स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा १८ जना नयाँ सदस्यको चयन हुने छ । एकजना सदस्य भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ । राष्ट्रियसभाका उन्नाईस जना सदस्यको आगामी फागुन २० गते दुईवर्षे कार्यकाल पूरा हुँदैछ । उहाँहरुको कार्यकाल पूरा हुनु ३५ दिनअघि नै नयाँ सदस्यका लागि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्