Others

रुपन्देहीको देवदहमा टिप्पर आपसमा ठोक्किंदा १ जनाको मृत्यु

Sat Mar 14

रूपन्देही, चैत्र १ः रुपन्देहीको देवदहमा दुईवटा टिप्पर आपसमा ठोक्किंदा १ जनाको मृत्यू भएको छ भने टिप्पर चालक सहित दुई जना घाईते भएका छन् ।

बुटवलबाट सुनवलतर्फ जाँदै गरेको लु २ ख १२१८ र बुटवल तर्फ आउँदै गरेको लु १ ख २५८४ नम्बरका दुईवटा टिप्पर शनिबार दिउँसो एकआपसमा ठोक्किएका थिए ।

प्रहरीका अनुसार सो दुर्घटनामा परि गम्भिर घाईते भएकि ३५ वर्षीय सुनिता चौधरीको अस्पताल लैजादै गर्दा मृत्यू भएको थियो । गम्भिर घाईते भएका टिप्पर चालक कमलेश यादवको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्