News , Politics

रुसमा स्वतन्त्र निर्वाचनको पक्षमा प्रदर्शन गर्नेमाथि प्रहरी हस्तक्षेप

Mon Jul 29

काठमाडौं, श्रावण १३:रुसमा निश्पक्ष र स्वतन्त्र निर्वाचनको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले १ हजार भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।   र्‍यालीपछिको कोणसभा सिटीहलमा सहभागी भएका प्रदर्शनकारीहरुलाई प्रहरीले घिच्याउँदै बाहिर निकालेको छ । साथै प्रदर्शनमा सहभागी भएकाहरु विरुद्ध रडको प्रयोग समेत गरिएको जनाइएको छ । रुसमा भएको स्थानीय निर्वाचनमा प्रतिपक्षी उम्मेद्वारलाई समावेश नगराइएको विरोधमा प्रदर्शन भएको हो । राजनीतिक कारणले प्रतिपक्षीहरुलाई निर्वाचनमा प्रतिबन्ध लगाइएको विपक्षी उम्मेद्वारहरुको भनाई छ । आगामी सेप्टेम्बर ८ मा हुने निर्वाचनमा विपक्षी दलबाट उम्मेद्वारी दर्ता गरेका कतिपय उम्म्द्वारहरुलाई पहिले नै प्रक्राउ गरिसकिएको छ । अधिकारीहरुले ३० जनालाई पर्याप्त मात्रामा वैधानिक हस्ताक्षर संकलन गर्न नसकेको भन्दै उनीहरुको उम्मेद्वारी अयोग्य ठहर गरेका छन् । मस्कोका मेयरले प्रदर्शनलाई सुरक्षा खतरा भएको भन्दै सार्वजनिक सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन् । मस्कोमा सर्वसाधारण विपक्षी दलको समर्थनमा सत्तारुढ दल युनाइटेड रसिया पार्टी र राष्ट्रपति भ्लादमिर पुटिल विरुद्ध आक्रोशित बनेका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्