Sports

रोजर फेडरर बने विश्वकै धेरै कमाउने खेलाडी

Sat May 30

काठमाडौं, जेठ १७ः स्विस टेनिस स्टार रोजर फेडरर विश्वकै धेरै कमाइ गर्ने खेलाडी बनेका छन् ।

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वभरका खेलाडीहरुको वार्षिक आम्दानीको सूचीमा फेडरर शिर्ष स्थानमा पर्न सफल भएका हुन् । कमाइको हिसावले गत बर्षको तुलनामा ३८ स्थान माथि उक्लिएका फेडररले गत बर्ष १० करोड ६४ लाख अमेरिकी डलर कमाइ गरेका छन् ।

फेडररको यो कमाइ संगै उनले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई पनि उछिनेका छन् । कमाइको हिसावले फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डो दोस्रो स्थानमा छन् भने मेस्सी तेस्रो स्थानमा झरेका छन् ।

चौथो स्थानमा ब्राजिलियन फुटबलर नेयमार परेका छन् भने पाचौं स्थानमा अमेरिकी बास्केटबल खेलाडी लेबोर्न जेम्स छन् ।

यसअघी फोर्ब्सले नै सार्वजनिक गरेकफ महिला खेलाडीहरुको सूचीमा पनि जापानीटेनिस खेलाडी नाओमी ओसाका शिर्ष स्थानमा पर्न सफल भएकी थिइन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्