Business , News

रोप वे का सामान अलपत्र

Tue May 21

काठमाडौं, जेठ ७ : २० वर्षदेखि बन्द रहेको हेटौँडा–काठमाण्डौ रोपवेका करोडौं मुल्यका सामानहरु संरक्षणविहिन अवस्थामा छन् । लगातार ४० वर्ष सञ्चालन भएको रोपवे २०५६ सालमा बन्द भएको हो । बन्द भएको तिन वर्ष पछि २०५९ सालमा सरकारले रोपवेलाइ खारेज गर्ने निर्णय गरेपछि करोडौको सरकारी सम्पत्ती बेवारिसे बनेको हो। तत्कालिन श्रम तथा यातायात मन्त्रालयले २०५९ सालमै करिब २९ करोड रुपैयाँ मूल्याङ्कन गरेको रोपवेका सामानहरु अहिले कति र के—कस्तो अवस्थामा छ,सरकारलाई नै थाहा छैन । बन्द रोपवेको जग्गा अतिक्रमण हुनुका साथै ठाउँ ठाउँका कति समान चोरी समेत भएका छन् । हेटौंडादेखि काठमाण्डौंसम्म हेटौंडा–कुलेखानी–काठमाण्डौं सडकको बिभिन्न स्थानबाट आकाशमा वर्षौदेखि रोपवेको क्यारियल (डब्बा)हरु झुण्डिरहेको देख्न सकिन्छ । राणा प्रधानमन्त्री चन्द्र शम्सेरको पहलमा १९६३ सालमा शुरु भएको रोपवे २०२० सालबाट संचालन आएको थियो । अमेरिकी सहयोगमा ६४ लाख डलर खर्च गरेर निर्माण भएको रोपवेले एक किलो सामान ५ पैसामा ढुवानी गर्ने गरेको थियो । रोपवे बन्द हुँदा मालसामानको ढुवानी समेत महंगो भएको छ । हेटौंडाबाट मातातीर्थ हुँदै टेकुसम्म जोडेको रोपवेको लम्बाई ४२ दशमलव दुई किलोमिटर रहेको थियो । रोपवेका ८ वटा टर्मिनल र ७ वटा स्टेशनहरु रहेका थिए भने ३ सय ५३ वटा टावर थिए ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्