Business

लकडाउनको बाध्यतासँगै १८ अर्ब अन्तःशुल्क घट्यो

Fri Jun 26

काठमाडौं, असार १२ः कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा रु १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ ।

यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र रु ३६ अर्ब चार करोड ९२ लाख १३ हजार राजस्व अशुल गर्ने लक्ष्य लिएकोमा रु १७ अर्ब ९२ करोड आठ लाख आठ हजार मात्र राजस्व सङ्कलन भएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार अन्तःशुल्कको लक्ष्यको ४९ दशमलव ७१ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । जेठ मसान्तसम्ममा कूल राजस्व सङ्कलन रु ४० अर्ब ५८ करोड ५५ लाख ६२ हजार हुने लक्ष्य राखिएकोमा रु २१ अर्ब ६१ करोड छ लाख २३ हजारमात्र सङ्कलन भएको छ । जुन लक्ष्यको ५३ दशमलव २५ प्रतिशतमात्र हुन आउँछ । कूल लक्ष्यभन्दा रु १८ अर्ब ९७ करोड ४९ लाख ३९ हजार कम राजस्व उठेको हो ।

यस कार्यालयले चितवन र नवलपरासीको त्रिवेणी–सुस्ता पूर्वको भाग हेर्दै आएको छ । यस क्षेत्रमा सात वटा मदिरा र छ वटा बियर उद्योग रहेका छन् । कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार अन्तःशुल्कमा विभिन्न सामग्री पर्ने भए पनि अधिकांश हिस्सा बियर र मदिराले ओगट्ने गर्दछ ।- (रासस)

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्