Province

लकडाउनको मौकामा वन तस्करहरु सक्रिय, बारामा मात्रै १ हजार क्युफिट काठ बरामद

Sat May 23

बारा, जेठ १०ः दुई महिनाको लकडाउन अवधीमा डिभिजन बन कर्यालय बाराले करीव एक हजार क्युफिट काठ बरामद गरेको छ ।

लकडाउन लम्विएसँगै बाराको बनक्षेत्रबाट हुने चोरी तस्करीमा बृद्धि भएपछि डिभिजन वन कार्यालय बाराले सक्रिएता बढाएको हो ।

हालसम्म नियन्त्रणमा लिईएको काठ बजार मुल्य अनुसार करिव ४० लाख रुपैयाँ बरावरको रहेको छ । काठसँगै पक्राउ परेका २१ जना व्यक्तिहरुको म्याद थप गरी अनुसन्धान समेत भईरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

बाराको निजगढ, कोल्हवी, ककडी, मधुवन र टाँगियावस्ति लगायतका स्थान अति संवेदनशिल क्षेत्र घोषणा गरी उक्त वन क्षेत्रमा व्यापक गस्ति बढाईएको समेत वन कार्यालयले जनाएको छ ।

लकडाउनको समयमा वन क्षेत्र प्रवेशमा चाप बढेपछि अहिले चोरी तस्करीमा वृद्धि समेत भएको छ । पछिल्लो दुई महिनाको तथ्याङ्कले समेत चोरी तस्करी बढेको देखाउँछ ।

पछिल्लो समय दैनिक जस्तो काठ, वन्यजन्तु शिकारी, वन क्षेत्र प्रवेश जस्ता घटना बढेको छ । निर्माणाधीन दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी तस्करी हुने गरेको छ ।

यसअघि गत आईतबार जिल्लाको कोल्हवी नगरपालिका ५ ककडी नयाँटोलबाट करिब ५ सय क्युवफिट भन्दाबढी साल, सिसौको गोलाई र चिरान काठ घर परिसरबाटै बरामद गरिएको थियो ।

बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र केही निजीवन समेत रहेका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्