News

लकडाउनको ७३ औं दिनमा खुले न्युरोडका केही पसल

Thu Jun 4

काठमाडौं, जेठ २२ः लकडाउनको उल्लंघन गर्दै बिहिबार बिहान काठमाडौंमा व्यापारी तथा व्यवसायीहरुले केही पसल खोलेका छन् ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले ७३ दिनदेखि जारी गरेको लकडाउनका कारण व्यवसायमा मात्र नभइ व्यक्तिगत जीवन धान्न समेत समस्या भएको भन्दै साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो ।

महासंघको निर्णयपछि बिहिबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका केही व्यापारीहरुले पसल खोलेका थिए ।

बिहान ७ बजेदेखि ११ बजेसम्म गहना, इलेक्ट्रोनिक्स, चस्मा, कपडाको साथै पुस्तक पसल समेत खुलाएका थिए । राज्यलाई तिर्ने कर, घर भाडा, बैंकको ब्याजदर र कर्मचारीको तलव भत्ता समेत भुक्तानी गर्न समस्या भएका कारण पसलहरु खुला गर्नु परेको व्यवसायीहरुले बताएका छन् ।

तर लकडाउनकै बीचमा व्यापारीहरुले बजार खुलाउने निर्णय गरेपछि उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिहिबार संयुक्त बैठक बसी मापदण्ड तयार गरेपछि मात्र बजार खुल्न दिने निर्णय गरिएको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुरक्षाका उपाय अपनाउदै व्यवसाय संचालनका लागि केही खुकुलो निती अपनाउन लागिएको बताउनुभयो ।

राष्ट्रिय व्यवसायी महासंघले निश्चित समय तोकेर विभिन्न किसिमका व्यापारलाइ सहज हुनेगरी पालैपालो रुपमा पसलहरु खोल्ने व्यवस्था गर्न माग गरेका छन्  ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्