Province

लम्जुङको दुधपोखरीबासी लघु जलविद्युतको भरमा

Wed Feb 12

काठमाडौं, माघ २९: लमजुङको दुधपोखरी गाउँपालिका अन्तर्गत तिनवटा वडाका नागरिक बर्षौदेखि लघुजलविद्युतकै भरमा बस्न बाध्य भएका छन् । राष्ट्रिय प्रशासरण र्लाइन नपुगेका दुधपोखरीका वडा नम्वर १, २ र ३ का स्थानियले विद्युतिय उपयोगका लागि लघु जलविद्युतको भर पर्नुपर्दा समस्या भएको बताएका छन् ।

एकदशक अघि निर्माण भएका लघुजलविद्युत आयोजना पछिल्लो समय जनसँख्या बढेको र विद्युत उपयोगिता पनि बढेसँगै आवश्यक मात्रामा विद्युतिय सेवा लिन नपाएको स्थानियको गुनासो छ । लघुजलविद्युत आयोजना पनि पुरानो र जिर्ण भईसकेकोले अधिक समस्या भोग्नुपरेको भन्दै छिटो भन्दा छिटो राष्ट्रिय प्रशारण लाईन जडान गरीदिन सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

लमजुङको दुधपोखरी गाउँपालिका–३, सानोकाभ्रेदेखि पूर्वी सिमानामा पर्ने साविक तिन गाविसमा अझैसम्म पनि केन्द्रिय विद्युत प्रशारण लाईन पुगेको छैन । एकदशक अघि निर्माण भएका लघुजलविद्युत आयोजनाको भरमा काम चलाउदै आएका स्थानियले राष्ट्रिय प्रशारण लाईन नहुँदा अपेक्षित सहज नभएको गुनासो गरेका छन् ।

गाउँपालिका अन्तर्गत वडा नम्वर १, साविक दुधपोखरीमा एउटैमात्र लघु जलविद्युत आयोजना छ । त्यस्तै वडा नम्वर २, साविक विचौरमा पाँचवटा र वडा नम्वर ३, साविक इलमपोखरीमा चारवटा लघु जलविद्युत आयोजना छन् । केन्द्रिय प्रशारण नपुगेका गाउँहरुमा रातीको समयमा मात्रै विद्युत सेवा उपलबध छ । जलविद्युतको हव मानिएको लमजुङकै गाउँहरुमा पर्याप्त विद्युत प्रवाह नहुँदा आवश्यक मात्रामा विद्युत सेवा उपभोग गर्न नपाएको स्थानियको गुनासो रहेको छ । स्थानिय तहमा जनप्रतिनिधी आएसँगै सो क्षेत्रमा राष्ट्रिय प्रशारण लाईन जोड्न विशेष प्राथमिकता साथ पहल भईरहेको गाउँपालिकाले जनाएको छ ।।

 

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्