Province

लुङथुङ फेदीखोलामा स्काभेटर मेसिन पल्टिंदा चालकको मृत्यु

Sun Apr 5

ताप्लेजुङ, चैत्र २३ः दोभान-ओलाङचुङगोला सडक अन्तर्गत लुङथुङ फेदीखोलामा स्काभेटर मेसिन पल्टिंदा चालकको मृत्यु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-३ निवासी २७ वर्षिय चालक चित्रकुमार गुरुङको ज्यान गएको हो । बिहान करिब ११ बजेतिर सडक खनिरहेको बेला माथिबाट सुख्खा पहिरो झरी चालक गूरुङकोे ज्यान गएकोे प्रहरीले जनाएको छ ।

नेपाल तिब्बतको सिमाना ओलाङचुङगोलासम्म सडक जोड्न ६ किलोमिटर मात्र रहेकोले यो वर्ष जोड्ने गरी सो क्षेत्रमा ६ वटा स्काभेटर मेसिनले सडक निमार्णको काम भइरहेको छ ।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्