Featured

वातावरण संरक्षणमा जुट्न राष्ट्रपतिको आग्रह

Fri Feb 28

काठमाडौं, फागुन १६ः राष्ट्रपति बिद्यादेबी भण्डारीले पर्यावरणीय सन्तुलन कायम राखि वातावरण संरक्षणतर्फ सरोकारवाला निकाय सबैले बेलैमा ध्यान पुर्याउनु पर्ने बताउनु भएको छ ।

दार्चुलाको मालिकार्जुन गाउँपालिकाका तर्फबाट गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  उहाँले जलवायु परिवर्तनको नकारात्मक असरले वातावरणिय सन्तुलन बिग्रदै गएकोले वातावरण संरक्षणका लागि सबैले ध्यान दिनु पर्ने बताउनु भएको हो । राष्ट्रपति भण्डारीले प्राचिन कालमा ब्यास ऋषिले तपस्या गरि ज्ञानको ज्योती छरेको नेपाल,भारत र चिनको त्रिदेशिय सिमामा पर्ने दार्चुलाको बिकासका लागि स्थानीय कृषि, वन पैदावार, जडिबुटी लगायतका उत्पादनमा जोड दिंदै कृषिको आधुनिकीकरणबाट उत्पादकत्वमा बृद्घि गरि आर्थिक समृद्घिसंग जोडिन आव्हान समेत गर्नु भयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको ९ वटै जिल्लामा रहेका धार्मिक पर्यटनका माध्यामबाट प्रदेशको आर्थिक अवस्था सुदृढ तुल्याउन प्रदेश सरकार कटिबद्घ भएर लागेको कुरा बताउनु भयो ।

कार्यक्रममा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रशिंह धामीले गाउँपालिकाका तर्फबाट राष्ट्रपति भण्डारीलाइ  नागरिक अभिनन्दनपत्र हस्तान्तरण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले मालिकार्जुन गाउँपालिका वडा नं ३ मा अवस्थित शैल्य शिखर मालिकार्जुन शिव धाममा पूजा अर्चना समेत गर्नु भयो । गन्तब्य नेपालको १०० औं सुचिमा सुचिकृत तथा नेपालको सात प्रशिद्घ धाम मद्घेको एक शिवधाम मन्दिरको स्थापना १२ औं शताब्दीमा भएको जन बिश्वास छ ।

President Bidya Devi Bhandari

हिजै राष्ट्रपति भण्डारीले बैतडी जिल्लाको प्राविधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषदको आङ्गिक क्याम्पस भिमदत्त पोलिटेक्निक इन्सिच्यूट बैतडीको नव निर्मित भवनको उद्घाटन गर्नु भयो ।

१३ करोड ६० लाख रुपैंयामा निर्मित उक्त पोलिटेक्निक इन्सिच्यूटमा ४० छात्रा र ७० छात्र गरि कुल ११० जना बिद्यार्थिहरु बाली बिज्ञान र सिभिल तर्फको डिप्लोमा तहमा अध्ययनरत छन् ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपति भण्डारीले प्राविधिक शैक्षिक प्रतिष्ठानको स्थापनाले युवाहरुलाई बिदेश गई तालिम लिनु पर्ने, सीप सिक्नु पर्ने र बिदेशमै कामको लागि जानु पर्ने बाध्याको अन्त्य गर्ने बताउनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्