News , Politics

वार्तामा आउन विप्वल समूहलाई सरकारको आग्रह

Thu Jul 18

काठमाडौं, साउन २:  हिंसा छोडेर शान्तिपूर्ण राजनीतिका लागि वार्तामा आउन सरकारले विप्वल समूहलाई आग्रह गरेको छ । बिना एजेण्डा,दाउपेच र शक्ति संचयका लागि भने वार्ता नहुने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गर्नुभएको हो । सञ्चारकर्मीको जिज्ञासामा मन्त्री बाँस्कोटाले कमजोर धरातलमा उभिएर सरकारले वार्ता नगर्ने बताउनुभयो । शान्तिपूर्ण राजनीतिमा आउने अवसरका लागि सरकारले वार्ताको ढोका भने सँधै खुला राख्‍ने मन्त्री बाँस्कोटाले बताउनुभयो ।Pause  सरकारले गैरकानुनी रुपमा नेपाल बसेका श्रीलंकाका  ५ नागरिकलाई २ लाख ५० हजार रुपैया जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरेको छ । नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धि आशयपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।   ३ सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत साझा यातायात सहकारी संस्था लिमिटेडलाई ३ अर्ब रुपैया नेपाल सरकारको शेयर लगानीका रुपमा उपलव्ध गराउने निर्णय गरिएको छ ।   प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभिगको काम समेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ ।   बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि २०७५ संशोधन गर्ने निर्णय गरिएको छ ।   प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुख मध्येबाट कम्तीमा ३ जना महिलासहित ७ जनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्यमा पदमा मनोनयन गर्ने निर्णय गरिएको छ । सरकारले नगर विकास कोष सञ्चालक समितिको सदस्यमा सात जनालाई नियुक्त गरेको छ । नियुक्त हुनेमा दमक नगरपालिकका उपप्रमुख गीता अधिकारी, वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी कर्णाली प्रदेश वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया भण्डारी र गौरीगङ्गा नगरपालिकाका प्रमुख भीम देउवालाई कोष सञ्चालक समितिमा नियुक्त गरिएको हो । राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गरिएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुको सेवाका शर्त र सुविधि सम्बन्धि नियमावली स्वीकृत गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्