Province

विकासतर्फ लम्कँदै रोल्पाको ‘जेलबाङ गाउँ’

Tue Feb 11

काठमाडौं, माघ २८:सशस्त्र द्वन्द्वको समयमा सबैभन्दा बढी प्रभावित रोल्पाको जेलबाङ गाउँ विस्तारै विकासोन्मुख बन्दै गएको छ । शान्ति प्रक्रिया सुरु भएपश्चात उक्त गाउँमा खानेपानी, सडक र विजुलीको प्रबन्ध त भएको छ, तर स्थानीयको आर्थिक स्तरमा भने खास्सै परिवर्तन हुन सकेको छैन् ।

१० वर्षे सशस्त्र द्वन्द्वको समयमा सबैभन्दा धेरै प्रभावित रोल्पाको जेलबाङ गाउँ विस्तारै विकासोन्मुख बन्न थालेको छ । शान्ति प्रक्रिया सुरु भएसँगै शान्ति गाउँ निर्माणका लागि तत्कालिन जिविसले यो गाउँलाई प्राथमिकतामा राखेको थियो । अहिले यो गाउँमा सुलिचौरबाट सडक पुगेको छ भने गाउँकै नैबाङखोलाबाट १०४ किलोवाटको लघुजलविद्युत उत्पादन भई गाउँ झिलिमिली भएको छ ।

गोर्खा वेलफेयर स्किमको सहयोगमा साढे ६ सय बढी घरमा निजी धारा जडान भएको छ । यस्तै जेलबाङमा प्लस टुसम्मको पढाई सञ्चालन भएको छ भने स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मीहरु नियमित बस्न थालेका छन् । तर भौतिक पूर्वाधारको विकासले मात्र नभई यहाँका जनताको जीवन स्तर माथि उठाउनुपर्ने उनीहरुको माग छ । विगतमा राज्यको स्रोत साधन र अनुदानबाट टाढा रहेको यो गाउँ अहिले राज्यको स्रोतसाधनसँग जोडिनुनै मूख्य उपलब्धी भएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो ।

द्वन्द्वका क्रममा जेलबाङ गाउँबाट मात्रै ७३ जनाले ज्यान गुमाउनु परेको थियो । भौगोलिक विकटता, जनचेतनामा कमी, निर्भाहमूखि खेती प्रणालीनै यहाँको मूख्य चुनौति हो । यस्ता समस्यालाई मध्यनजर गरी सरकारले काम गर्न सके जेलबाङबासीको जीवनस्तरमा परिवर्त आउनसक्ने देखिन्छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्