Featured

विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासमा, स्वदेश फर्किने पर्खाइमा

Sat May 23

काठमाडौं, जेठ १०ः कोरोनो भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गएपछि यतिबेला स्वदेशमा रहेकाभन्दा विदेशमा रहेका नेपालीलाई बढी पिरोलेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासका बीच जति सक्दो छिटो स्वदेश फर्किन पाउने दिनको पर्खाइमा छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको सिलसिलामा विदेशी भूमिमा रहेकालाई यतिबेला रोजगारी र अध्ययनभन्दा पनि स्वदेश फर्कने तीव्र इच्छाले सताएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै आन्तरिक एवं बाह्‍य उडान रोकेपछि विदेशमा रहेका नेपाली आउने सबै बाटा बन्द भएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द नगर्दो हो त अहिलेसम्म विदेशमा भएका लाखौँ नेपाली स्वदेश भित्रिसकेका हुने थिए, अझै पनि उनीहरु उडान खुल्ने प्रतीक्षामा छन् ।

कोरोना भाइरस शुरु भएको चीनमा यसको प्रभाव कम हुँदै गए पनि अन्य मुलुकमा भने सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।- (रासस)

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्