News

विद्यार्थीहरुको पढाईबारे अझै अन्यौल, शुल्क तिर्न विद्यालयको ताकेता

Thu Jun 4

काठमाडौं, जेठ २२ः कक्षा १० ११ र १२ को स्थगित परीक्षाहरु कहिलेदेखि सञ्चालन गर्ने ? परीक्षा हुन्छ की हुँदैन ? परीक्षा नभएमा माथिल्लो कक्षामा कसरी भर्ना गर्ने ? भन्ने बारेमा शिक्षा मन्त्रालय आफैं अन्यौलमा छ ।

कोरोना भाइरसको महामारीका कारण चैत्र ६ गतेदेखि सञ्चालन हुनुपर्ने कक्षा १० को र बैशाख महिनामा हुनुपर्ने कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अहिलेको परिस्थिति अझै स्पष्ट नभएका कारण निर्णय गर्न नसकिएको बताउनुहुन्छ ।

कक्षा १२ को परीक्षा नहुँदा उच्चशिक्षा र रोजगारीका अन्य अवसरबाट युवाहरु वन्चित हुने अवस्था समेत सृजना भएको छ ।

यसबारेमा अध्ययन गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको शिक्षा पत्रकार सञ्जाल नेपालद्वारा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

पढाई नभएको बेलाको शुल्क नलिन मन्त्रिपरिषद्को बैठकले नीजि विद्यालयहरुलाई आग्रह गरेपनि यसको कार्यान्वयन हुन सकेको छैन ।

विद्यालयहरुले अभिभावकलाई चैत्र महिनाको मात्र होइन बैशाख महिनाको पनि शुल्क तिर्न ताकेता गर्न थालेका छन् ।

मन्त्रीपरिषद्ले गरेको निर्णय कार्यान्वयन हुन नसकेको बारेमा पुन: नीजि विद्यालयहरुसंगै छलफल गरिने शिक्षामन्त्री पोखरेल बताउनुहुन्छ ।

घरभित्र रहेका विद्यार्थीको सिकाईलाई वैकल्पिक प्रणालीबाट निरन्तरता दिनका लागि सरकारले निर्देशिका ल्याएको बताउँदै शिक्षामन्त्री पोखरेलले विद्यालय तत्काल खोल्ने बारेमा भने निर्णय नभएको बताउनुभयो ।

अनलाईन, टेलिभिजन, रेडियोजस्ता वैकल्पिक प्रणालीबाट लिइएको कक्षालाई प्रभावकारिताका आधारमा शैक्षिक सत्रसँग जोडिने मन्त्री पोखरेलले त्यस बखत जानकारी दिनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्