News

विभिन्न देशबाट नेपाल आएका ९६ जना भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा

Fri Mar 27

काठमाडौं, चैत्र १४ः भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा अहिले ९६ जनालाइ राखिएको छ । विभिन्न देशबाट नेपाल आएका ७७ पुरुष र १९ महिला गरी ९६ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

सरकारले गत चैत ८ गते दुबई, कतारलगायत विभिन्न देश हुँदै थाई एयरवेजबाट फर्किएका ४९ र एयर इन्डियाबाट आएका १३ गरी ६२ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटीस्थित क्वारेन्टाइन पुर्‍याइएको थियो । त्यसपछि १० र ११ गते विभिन्न देशबाट फर्किएका थप ११ जनालाई पनि खरिपाटी क्वारेन्टाइन राखिएको छ ।

अस्ति बुधबार राती भारतका विभिन्न ठाउँबाट आएका २३ जना थपिए पछि खरिपाटी क्वारेन्टाइनमा बस्नेको संख्या ९६ पुगेको हो । यसअघि चीनको वुहानबाट उद्धार गरी ल्याइएकाहरुलाइ त्याहाँ राखिएको थियो ।

क्वारेन्टिनमा राखिएकाहरुको नियमित ज्वरो जाँच भइरहेको छ । दुईजना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँचजनाको टोली खरिपाटी क्वार्न्टिनमा खटिएका छन् । सबैलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ ।

क्वारेन्टाइनमा रहेकाहरुले त्यहाँ रहँदाको खर्च आफैँले ब्यहोर्ने छन् । प्राधिकरणको क्यारेन्टाइनबाट खाना प्याकिङ गरी उनीहरुलाई पठाउने गरिएको छ भने क्वारेन्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सबै व्यवस्थापन गरिएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्