Province

विशेषज्ञ सेवा नभएपछि जाजरकोट अस्पतालमा विरामी जानै छोडे

Wed Feb 26

काठमाडौं, फागुन १४ः जाजरकोटको जिल्ला अस्पतालमा कुनै पनि बिशेषज्ञ सेवाको सुबिधा उपलब्ध नहुँदा विरामी समस्यामा पर्ने गरेका छन् ।

५० शैय्याको अस्पतालमा भरपर्दो स्वास्थ्य सेवा पाउन छोडेपछि अस्पताल पुग्ने बिरामीको संख्या घट्दो छ ।

अस्पतालले विशेषज्ञ चिकित्सक र सुविधा दिन नसक्दा यहाँका स्थानीय स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । नीतिगत रुपमा जिल्ला अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा स्तर बृद्धि गरिएको छ ।

तर आवश्यक जनशक्ति, स्वास्थ्य उपरण र भौतिक पूर्वाधारको व्यवस्था नहुँदा विशषेज्ञ सेवा पाउनबाट जाजरकोटबासी बन्चित हुनु परेको छ ।

अहिले अस्पतालमा सामन्य रोगको उपचार समेत नहुने स्थानीयको गुनासो छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्