News

विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलोपटक प्रतिनीधित्व गर्दै

Sat Jan 19

प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोली त्यसतर्फ प्रस्थान गर्नु हुनेभएको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम समेत छ । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्री स्तरमा भाग लिन लागेको हो । बैठकमा प्रधानमन्त्रीबाट हुनलागेको सहभागिताले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्