Others , Politics

विश्व सुन्दरी टोनी एन्न हेलम्बुमा

Sat Mar 7

सिन्धुपाल्चोक, फागुन २४: सन २०१९ कि बिश्व सुन्दरी जमैकाकि टोनी एन्न सिंले सिन्धुपाल्चोकमा बिभिन्न स्थानको भ्रमण गर्नु भएको छ । ब्युटी विथ अ परपोज परीयोजनाले सन्चालन गरेका बिभिन्न कार्यक्रम र हेलम्बु गाउँपालिकाले निर्माण गर्दै गरेको हिमालयन ग्रेट ट्रेल अनुगमनका लागी सिं सिन्धुपाल्चोक पुग्नु भएको हो । बिश्व सुन्दरीको  यस भ्रमणले जिल्लाको पर्यटकिय बिकासमा योगदान पुग्ने स्थानीय अपेक्षा छ ।

२ दिने नेपाल भ्रमणमा नेपाल आएकी मीस वल्र्ड टोनी एन्न सहित नेपाल सुन्दरी अनुष्का श्रेष्ठ तथा पुर्व नेपाल सुन्दरी श्रृंखला खतिवडा सहितको समुहले शुक्रबार हेलम्बुको सुर्सिं, कुटुम्साङ लगाएत बिभिन्न हिमाली श्रृंखलाहरुको अनुगमन तथा दृष्यावलोकन गरेको हो । बर्षौं देखिको नेपाल आउने समपना पुरा भएको र यस क्षेत्रको वातावरणले आफूलाई उत्साहित गराएको बिश्व सुन्दरी टोनी एन्नले वताउनु भयो ।

यो भ्रमणले यहाँको पर्यटनमा टेवा पुग्ने कामको सुरु भएको छ । बिश्व सुन्दरी आयोजक संस्थाकि अध्यक्ष जुलिया मोर्लिले यस क्षेत्रको बिकासका लागी तत्काल २० हजार डलर सहयोग गर्ने घोषणा गर्नु भयो ।

यहाँको वातावरणीय सुन्दरताबाट थप लाभान्वित हुन आफु फेरी पनि नेपाल आउने पनि मीस वल्र्ड टोनीले  वताउनु भएको छ  ।

व्युटि विथ अ पर्पोज परीयोजनाले यहाँको सुर्सिंका महिलाहरुको आर्थीक अवस्था  र बालबालिकाको शिक्षाको सुधारका  लागी गलैंचा बुनाइ, जडिबुटिको धुप निर्माण तथा ग्रेट ट्रेलका लागी ढुंगा काट्ने मेसिन सहित आय आर्जनमा टेवा पुर्याउने कामहरु गर्दै आएको स्थानीयले  वताएकाछन । यहि परीयोजना छनोटमा परेकाले अनुस्का श्रेष्ठ मिस नेपाल बन्न सफल भएको वताइएको छ ।

यस भ्रमणका प्रभावले आगामी दिनमा यहाँको पर्यटन बिकासमा महत्व पुर्ण योगदान पुग्ने  स्थानीयको अपेक्षा छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्