Featured

वीरगञ्जबाट थप २१ जना कोरोना संक्रमणबाट निको भइ घर फिर्ता

Wed May 27

काठमाडौं, जेठ १४ः नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या हिजो एकैदिन ९० जना थप भएको छ । यो सँगै संक्रमित हुनेहरुको संख्या ७ सय ७२ पुगेको छ । बागमति प्रदेशका ११ सहित ४६ जिल्लामा संक्रमित फेला परेका छन् ।

यसैबीच संक्रमणबाट मुक्त भएका २१ जनालाई गएराती वीरगन्जको गण्डक अस्पतालबाट डिस्चार्ज गरिएको छ । वीरगन्जको नारायणी अस्पतालका चिकित्सको निगरानीमा संचालन भएको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेकाहरुको चार पटक सम्मको पिपिआर टेस्ट रिर्पोट नेगेटिभ आएपछि हिजो अवेर राती डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुने सबै पर्सा जिल्लाकै रहेको अस्पतालले जनाएको छ । बैशाख ३ गते देखि अस्पतालको आइसुलेसन वाडमा भर्ना रहेका ५ महिलासहित १६ जना पूरुष डिस्चार्ज भएका हुन् । पर्सा जिल्लामा उपचारमा रहेका ९६ जना मध्ये ९१ जना उपचारपछि निको भइ घर फिर्ता भएका छन भने ५ जना अझै गण्डक अस्पतालमा उपचाररत रहेका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्